४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चार सय घट्यो सुनको मूल्य, काराेबार कतिमा?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन प्रतितोला ९५ हजार नौ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला ९५ हजार चार सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर एक हजार एक सय ८५ रुपैयाँ तोकिएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ।

प्रकाशित: ३ भाद्र २०७९ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App