४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा २४ अंकको गिरावट

सेयर बजारमा सोमबार ५५ अंकको सुधार आए पनि यसले निरन्तरता पाउन सकेको छैन।

साताको पहिलो दिन आइतबार २७ अंकले घटेको सेयर बजार दोस्रो दिन सोमबार ५५.८८ अंकले बढेको थियो। मंगलबार भने फेरि कारोबारमा गिरावट आएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार २४.८३ अंकले बजार घटेको छ। यो १.२० प्रतिशतको गिरावट हो। यससँगै नेप्से परिसूचक २०४१.०६ बिन्दुमा झरेको छ।

एक्सचेन्जका अनुसार मंगलबारको कारोबार २०६९ बिन्दुबाट सुरु भएकामा दिनभरमा एकाध पटक बाहेक लगातार जसो घटेकोे थियो। नेप्से अधिकतम २०८८ बिन्दुसम्म पुगेको थियो भने न्यूनतम २०३६ बिन्दुसम्म झरेको थियो। बजार बन्द हुँदा परिसूचक २०४१ बिन्दुमा रोकिएको हो।

एक्सचेन्जका अनुसार नेप्सेका अतिरिक्त अन्य प्रमुख तीन सूचक सबै घटेका छन्। सेन्सेटिभ सूचक ३.७५ अंकले घटेको छ भने फ्लोटमा १.४३ अंकले गिरावट आएको छ। यस्तै सेन्सेटिभ फ्लोट १.१५ अंकले घटेको छ। प्रतिशतका आधारमा हेर्दा सबै भन्दा बढी फ्लोट सूचक १.०१ प्रतिशतले घटेको छ।

यस्तै सेयर बजारका अन्य १३ उपसूचकमध्ये सबै उपसूचक घटेका छन्। कारोबारमा सबैभन्दा धेरै अंकले कारोबार घट्नेमा निर्जीवन बिमा परेको छ। यो उपसूचक १४२ अंकले घटेको हो। यस्तै विकास बैंक उपसूचक पनि १०१ अंकले घटेको छ।

एक्सचेन्जका अनुसार मंगलबार प्रतिसेयर सबैभन्दा धेरैले बढ्ने कम्पनीमा उपल्लो हेवा खोला जलविद्युत् परेको छ। यसको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको हो।

यस्तै स्वाभिमान लघुवित्तको प्रतिसेयर मूल्य पनि ४.०२ प्रतिशतले बढेको छ।

कारोबार भएका कम्पनीहरूमध्ये सबैभन्दा धेरै प्रतिशतले प्रतिसेयर मूल्य घट्ने कम्पनीमा युनिलिभर परेको छ। यसको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको हो। यस्तै दोर्दीखोला जलविद्युत्को ५.५१ र पञ्चकन्या माई जलविद्युत्को ५.४७ प्रतिशतले घटेका छन्।

एक्सचेन्जका अनुसार रकमका आधारमा सबै भन्दा धेरै रकमको कारोबार रिडी पावर कम्पनीको भएको छ। यसको ४० करोड ८२ लाख रूपैयाँको सेयर कारोबार भएको हो। यस्तै शिवम् सिमेन्टको ८ करोड ६८ लाख र हिमालयन डिस्टिलरीको ५ करोड ८७ लाख रूपैयाँको कारोबार भएको छ।

यस्तै सेयर खरिद बिक्रीका आधारमा सबैभन्दा धेरै कित्ता सेयर रिडी पावर कम्पनीको भएको छ। यसका ६ लाख ५८ हजार २ सय ४९ कित्ता सेयर बिक्री भएका हुन्। एपी पावरको १ लाख ९४ हजार १ सय ५२ कित्ता सेयर बिक्री भएको छ।

एक्सचेन्जका अनुसार मंगलबार २२१ कम्पनीको सेयर कारोबार भएको छ। यी कम्पनीका ६४ लाख ०६ हजार ७ सय ३८ कित्ता सेयर बिक्री भएका छन्। यी सेयर खरिदका लागि २ अर्ब ७३ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ। बजार पुँजीकरण घटेर २९ खर्ब १४ अर्ब रूपैयाँ पुगेको छ। 

प्रकाशित: १ भाद्र २०७९ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App