२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक २७.९२ अंकले गिरावट

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ।  

आइतबार c २७.९२ अंकले घटेर २०१०.०१ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ं७५ अंकले घटेको छ।

आइतबार कारोबारमा आएका २२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैँया बराबरको कारोबार भएको छ। अन्य दिनको भन्दा आइतबार कारोबार रकम समेत गिरावट आएको हो।  

नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा उत्पादन तथा प्रशोधन उपसमूह, फाइनान्स उपसमूह, जीवन बीमा उपसमूह, लगानी उपसमूह तथा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

नेप्से परिसूचकमा गिरावट आएपनि आइतबार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८.१० प्रतिशतले बढेको छ। त्यस्तै,कालिका पावरको २.८८ प्रतिशत, सामलिङ्ग पावरको २.४४ प्रतिशत र जालपा लघुवित्तको शेयरमूल्य २.०१ प्रतिशतले बढेको छ। तर, यता गुराँस लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ भने हिमालयन डिस्टिलरीको ६.१० प्रतिशले घटेको छ। आईतवार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १६ करोड ५१ लाख रुपैँया बराबरको शेयर कारोबार भएको छ।

प्रकाशित: २९ श्रावण २०७९ ११:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App