४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लगातार बढ्दो क्रममा रहेको नेप्से आज ६.७१ अंकले गिरावट

शेयर बजार परिसूचक नेप्से बुधबार ६.७१ अंकल गिरावट आएको छ। लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलबारदेखि सामान्य करेक्शन आएको हो। बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ। बुधबार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलबार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ।

जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ। नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ्ग पावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ।

तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर मूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ। त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ। बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारको शेयर कारोबार भएको छ।

प्रकाशित: १८ श्रावण २०७९ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App