५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ: उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनःसञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए।

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे। उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए।

उनले एनआरएनए सदस्यलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे। 'एनआरएनए सदस्यका लगानी आकर्षित गर्न सहजीकरण गरिन्छ। ठूलो लगानी भित्र्याउन  तपाइँहरू सक्रिय भइदिनुस्', मन्त्री बडूले भने। उनले राष्ट्रिय उत्पादन बढाउने र रोजगारी सिर्जना गाउँदेखि सहरसम्म विस्तार गर्न बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे।

प्रकाशित: ५ श्रावण २०७९ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App