२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारका मन्त्रीले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएः मोतीलाल दुगड

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका छन्।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपाल आर्थिक शंकट भएपनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका हुन्।

उनले श्रीलंकाको सरकारसँग आर्थिक अवस्था सुधार गर्ने भिजन नभएको कारण विश्वकै कमजोर अर्थतन्त्र भएको मुलुकका रुपमा चर्चा भएको बताए। प्रमुख दुगडले नेपाल सरकारले अहिले पनि निजी क्षेत्र, प्रमुख प्रतिपक्ष दल, सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावका आधारमा काम गरे अर्थतन्त्र सुधार गर्न सकिने बताए।

उनले सरकार अर्थतन्त्र शंकटमा पुग्दा समेत कोहीसँग छलफल र सहकार्य नगरेको बताए। दुगडले पछिल्लो समय मुलुकमा विदेशबाट आउने रेमिट्यान्स समेत अवैधानिक रुपमा आउने गरेकाले अर्थतन्त्रमा विकृति आएको बताए। उनले विदशबाट नेपालमा सामान अवैधानिक रुपमा ल्याउने कम मूल्य देखाउने र विदेशमा नै कारोबार मिलाउने कार्य भइरहेको बताए।

प्रकाशित: १६ असार २०७९ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App