coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘तत्काल मल ल्याउनू’

सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरूलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले कृषकहरूलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। खेतीको समयमा मल उपलब्ध नभएकोप्रति सांसदहरूको आवाजलाई दृष्टिगत गर्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन्।

‘खेतीको समयमा पनि मल उपलब्ध नभइरहेको सन्दर्भमा माननीय सदस्यहरूले उठाउनुभएको कुरामा मेरो ध्यानाकर्षण भएको छ,’ सभामुख सापकोटाले भने, ‘यथाशीघ्र कृषकहरूलाई मल उपलब्ध हुनसक्ने गरी व्यवस्थापन गर्न, गराउन म सम्बन्धित मन्त्री एवं नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु।’

सांसदहरूले खेतीको समयमा पनि मलको अभाव भएको भन्दै किसानहरूले सर्वसुलभ रूपमा मल पाउने व्यवस्था मिलाउन माग गरेका थिए।

प्रकाशित: ३० जेष्ठ २०७९ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App