४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हिमाल सफाइ अभियानलाई जेजीआइको सहयोग

जेजीआइ नेपाल फाउण्डेसनले हिमाल सफाइ अभियानलाई १५ लाख रूपैयाँ सहयोग प्रदान गरेको छ। फाउण्डेसनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाली सेनाको हिमाल सफाइ अभियानलाई उक्त सहयोग रकम प्रदान गरेको हो।

नेपाली सेनाले अन्य सरकारी निकाय र निजी क्षेत्रहरूसँग सहकार्य गरी हिमाल सफाइ अभियान सञ्चालन गर्दै आइरहेको छ। सन् २०२२ मा सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लुबाट ३५ टन हिमाली फोहोर संकलन गरिएको थियो।

जेजीआइ नेपाल फाउण्डेसन विजयकुमार शाह र जावलाखेल ग्रुपअफ इन्डस्ट्रीजले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्य गर्नका निमित्त स्थापना गरेको संस्था हो। शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक सहयोग, लैङ्गिक समानता र वातावरणको क्षेत्रहरूमा यस संस्थाले मदत गर्नेछ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App