२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

चार लाख वटा टाटा टियागो बिक्री

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको उत्पादन टाटा टियागो कार चार लाख वटा बिक्री भएका छन्। कम्पनीका अनुसार टाटा टियागोको ४ लाखऔं गाडी केही दिनअघि बिक्री भएको हो।

टियागो एक मानक ह्याच ब्याग हो, जसले ग्लोबल एनक्याप सुरक्षा परीक्षणमा चार स्टार रेटिङ पाएको छ। टाटा मोटर्सको उत्पादनमध्ये यो कोसेढुंगा पार गर्ने टियागो पहिलो गाडी हो। टाटा टियागो सन् २०१६ मा सार्वजनिक भएको थियो। सार्वजनिक भएदेखि नै गाडीले राम्रो बजार पाएको दाबी कम्पनीको छ।

१२०० सिसी डिस्प्लेसमेन्ट भएको टाटा टियागोमा १.२ लिटर एस्पिरेटेड, ३ सिलिन्डर पेट्रोल इञ्जिन जडित छ। यो पाँच स्पीड म्यानुअल ट्रान्समिसन र पाँच स्पीड एड्भान्स्ड अटोमेडेड म्यानुअल ट्रान्समिसन विकल्पमा उपलब्ध छ। टियागोमा ३५ लिटरको इन्धन ट्याङ्‍क छ। यसले प्रतिलिटर २०/०९ किलोमिटरसम्म माइलेज दिने बताइएको छ।

ग्लोबल एनक्याप परीक्षणमा टियागोले चार स्टार रेटिङ पाएको छ। यसले गाडी सुरक्षित छ भन्ने सन्देश दिन्छ। टाटा मोटर्सले इन्धनबाट चल्ने सवारी उत्पादनसँगै बिजुलीबाट चल्ने सवारी उत्पादनमा पनि उत्तिकै चासो देखाइरहेको छ।

प्रकाशित: २५ वैशाख २०७९ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App