६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान

उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।

गोडैता नगरपालिकामा सञ्चालित महालक्ष्मी सुगरमिल बगदहका सञ्चालकले चालू आर्थिक वर्षमा किसानहरूसित खरिद गरेको उखुको बक्यौता रकम नदिंदा किसानहरूले बुधबारदेखि नै तीन वटा चिनीको ट्रक नियन्त्रणमा लिएर निर्यातमा रोक लगाएको हो।

उद्योग सञ्चालकले किसानसित खरिद गरेको उखुको बक्यौता रकम दिनुको साटो गोदाममा रहेको चिनी धमाधम बिक्री गर्न थालेपछि किसानहरूले मिलबाट उत्पादन गरिएको चिनी बिक्रीको लागि काठमाडौंतर्फ लैजाने तयारी गरिरहेका बेला प्रदेश २-०३–००१ ख ३०५७, ना- ६ ख २१७३ र ना ५ ख ७३८७  नम्बरको तीनवटा चिनी लोड ट्रक नियन्त्रणमा लिएका छन्।

किसानहरुले उद्योगसित करिब १८ करोड रुपैया भुक्तानी लिन बाँकी रहेको दाबी गरेका छन्। भुक्तानी माग गर्दै चार दिनदेखि नियन्त्रणमा लिएको ट्रक छुटाउन मिल प्रशासन अथवा यहाँका स्थानीय प्रशासनले केही पहल गरेको छैन।

चिनी मिल सञ्चालकले भुक्तानीको विषयमा केही चासो नलिएपछि लोड भएको तीन वटै ट्रकका चीन गोदाममै शनिबार बिहान अनलोड गरेको ट्रक चालक प्रेमबहादुर जर्घाले बताए। हामी चार दिनदेखि अलपत्रमा परे पनि सम्बन्धित पक्षले कुनै चासो नलिएको चालक जर्घाले बताए।

चालू आर्थिक बर्षमा महालक्ष्मी सुगरमिलले ८ लाख उखु क्रसिङ गरेको छ। सुगरमिलले क्रसिङ गरेको उखुको करिब नब्बे प्रतिशत रुपैया भुक्तानी गरिसकेको उघोगका सञ्चालक विरेन्द्र कनौडियाको भनाइ छ। किसानको भुक्तानी मिलले समयमा नै गर्दै आएको कनौडियाले दाबी गर्दै केही दलालले किसानको नाममा सुगरमिलमा गएर अनावश्यक दुख दिएको प्रतिक्रिया दिए।

प्रकाशित: ३ वैशाख २०७९ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App