२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल व्यवस्थापन संंघमा गोयल निर्वाचित

नेपाल व्यवस्थापन संंघ, नेपाल (एमएएन)को ४१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा भएको निर्वाचनबाट शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष सुरेन्द्रकुमार गोयल संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै एमएएनको कार्यकारी बोर्डको सदस्यपदमा निर्वाचित भएका छन्।

उक्त पदमा शिवम् सिमेन्ट दोस्रो पटक निर्वाचित भएको हो। यस अघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएका थिए।

प्रकाशित: २८ चैत्र २०७८ ०५:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App