२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन अन्तिम साता

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन इन्टरनेसनल एक्सपो फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ।

उक्त प्रदर्शनीमा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहनेछन्। निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र नयाँनयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यसहित आयोजना हुन लागेको प्रदर्शनीमा निर्माणसँग सम्बन्धित वस्तु प्रदर्शनीमा राखिने छ।

मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर, बिक्रेतालाई निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराइनेछ। मेलामा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभिसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रि–इन्जिनियरिङ बिल्डिङ आदि प्रदर्शनीमा राखिनेछ।

प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ। प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामग्री भित्र्याउन तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउनु रहेको छ।

प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रदर्शनीले नेपालमा हाल भइरहेका सामग्री निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ।

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्याक्टर, बिल्डर्स तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने छ।

प्रकाशित: २० फाल्गुन २०७८ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App