२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

अभियान लघुवित्तको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिसेयर एक सय रूपैयाँ अंकित दरका ९ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

उक्त सम्झौतामा अभियान लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

हाल अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत पुँजी ३० करोड, जारी पुँजी २५ करोड र चुक्ता पुँजी १५ करोड २५ लाख रूपैयाँ रहेको छ भने सर्वसाधारणलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपछि वित्तीय संस्थाको चुक्ता पुँजी २५ करोड रूपैयाँ हुनेछ।

प्रकाशित: १४ माघ २०७८ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App