नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ।
बुधबार खतिवडाकै घरमा गएर युनियन कार्यसमितिले बिमाबापतको रकम हस्तान्तरण गरेको हो । प्रेस युनियन सुनसरीका सचिव विवेक भट्टराईका अनुसार दुर्घटनाबापतको ७० हजार रूपैयाँ रकम हस्तान्तरण गरिएको हो ।
प्रकाशित: १३ माघ २०७८ ०२:३४ बिहीबार