सिद्धार्थ बैंकले१९औं वार्षिकोत्सव अवसरमा क्यास ब्याक योजना ल्याएको छ।
डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ बुधबारदेखि सञ्चालनमा आएको योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
यी सेवा प्रयोग गरी कारोबार गर्दा ग्राहकले पाँचौं कारोबार रकमको पाँच प्रतिशत, १०औं कारोबार रकमको १० प्रतिशत र १५औं कारोबार रकमको १५ प्रतिशत नगद क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको छ।
प्रकाशित: ८ पुस २०७८ ०१:३८ बिहीबार