२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

पौष पहिलो साता ‘छैटौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी’

आगामी पौष २, ३ र ४ गते ‘छैटौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ। चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।

प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढी स्टलहरु रहनेछन्। उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ। उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताए।

प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने स–साना औजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ। त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेको उपकरणहरु पनि प्रर्दशनीमा राखिने चितवन उद्योग संघले जनाएको छ। प्रर्दशनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरुलाई पुरस्कारसहित सम्मान गरिनेछ।

प्रकाशित: २८ कार्तिक २०७८ ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App