१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुई सय बिघामा रैथाने धानखेतीको योजना

पत्रकार सम्मेलनमा कृषि प्रणालीबारे जानकारी दिँदै डा. मोहन पन्थी र अध्यक्ष शंकरनाथ उपे्रती।तस्बिर: नागरिक

गुलरिया–४ खैरीमा स्थापना भएको राष्ट्रिय खाद्य बैंकले कृषिलाई आधुनिक प्रणालीमा आधार बनाएर रैथाने जातको धानखेती विस्तार गर्ने योजना बनाएको छ। २२ जिल्लामा माटो परीक्षण गरेर आधुनिक खेती गरिरहेको खाद्य बैंकले गुलरियामा पनि रैथाने धान खेती विस्तार गरेको हो।  

पहिलो चरणमा ७ किसिमका रैथाने जातका धानको बिउ रोपेर २५ बिघाबाट सुरु गरेको छ। आधुनिक कृषि प्रणाली विस्तारका लागि बैंकले रैथाने जिनसम्बन्धी खोजतलास गरेर बर्दियाको गुलरियामा धानखेती विस्तार गरेको जनाएको छ। शनिबार खाद्य बैंकको मुख्यालय खैरीमा आयोजित पत्रकार सम्मेलनमा विज्ञ डा. मोहन पन्थीले देशभरि नै माटो परीक्षण गरेर कार्ययोजना विस्तार गरिरहेको जानकारी दिए। 

खाद्य बैंकले रैथाने जातको बालीको परीक्षणपछि छरिएका किसानलाई एकीकृत गरेर योजनाबद्ध तरिकाले अघि बढ्नेसमेत पन्थीले खुलाए। ‘हामीले धानखेती बर्दियाबाट सुरुवात गरेका छौं,’ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उत्पादन हेरेर २ सय बिघामा धानखेती गर्ने लक्ष्य छ।’

किसानलाई बिउ उपलब्ध गराएर उब्जनीसमेत गर्ने बैंकको योजना रहेको उनले बताए। ‘चक्लाबन्दी गरेर खेती गर्छौं भन्ने विषय यतिबेला असम्भव छ,’ उनले थपे, ‘किसानलाई बैंकको संरचनाभित्र ल्याई बिउबिजन उपलब्ध गराएर खरिद केन्द्रको रूपमा बैंकले काम गर्छ।’ उनका अनुसार खाद्य बैंकले उत्पादन गरेका गुणस्तरयुक्त खाद्य सामग्रीको सुरक्षित भण्डारण गरी बैंकमार्फत आफ्नै सेल्फ डिपो र होम डेलिभरीहरू ई–कमर्समार्फत वितरण गर्ने छ। 

बैंकले नमुनाको रूपमा हाँस पालन पनि गरेको छ। हाँसको माग भएमा विदेशमा समेत निर्यात गर्ने योजना रहेको सञ्चालक बिनुप्रसाद पाठकले बताए। ‘बैंकले सुरुको चरणमा काम गरिरहेको छ,’ उनले भने, ‘भविष्यमा योजनाबद्ध तरिकाले काम गरेर परम्परागत कृषि प्रणालीलाई आधुनिक कृषि प्रणालीमा ढाल्नेछ।’ कृषि प्रधान देशका हजारौं किसान बैंकमार्फत लाभान्वित हुने उनले दाबी गरे।

पाइलट प्रोजेक्टको रूपमा काम गरिरहेको कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले बताए। किसानसँग मिलेर कृषिमा आत्मनिर्भर गराएर देशको अर्थतन्त्रमा टेवा पु¥याउने अर्को लक्ष्य रहेको उप्रेतीले सुनाए। बैंकले उत्पादन गर्ने वस्तु वा खाने कुरा पूर्ण रूपमा अर्गानिक र प्राकृतिक खाने कुरा उत्पादन गर्ने उनले विश्वास दिलाए।

प्रकाशित: १४ कार्तिक २०७८ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App