६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन सयले बढ्यो सुन

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेर ९१ हजार ७०० कायम भएको छ। छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४०० मा कारोबार भएको थियो।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ। महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २०० मा कारोबार हुनेछ। बुधबार प्रतितोला ९० हजार ९०० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २५ ले बढेर आज एक हजार २६० पुगेको छ। चाँदी बुधबार प्रतितोला एक हजार २३५ मा कारोबार भएको थियो। 

प्रकाशित: ४ कार्तिक २०७८ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App