आइएमईले पर्वलक्षित दसैंमा डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ। लक्की ड्रमार्फत नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र अशोककुमार यादव विजेता घोषित भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
विजेताहरूले क्याओदाई रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार दुई सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए। अफर अनुसार आइएमईले विजेताका आफन्तलाई क्रमशः ७२ हजार पाँच सय ५६ र ६३ हजार तीन सय ६ रूपैयाँ उपहार स्वरूप प्रदान गर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १८ आश्विन २०७८ ०२:०७ सोमबार