४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कात्तिकदेखि हस्तलिखित धनिपुर्जा अन्त्य

मालपोत कार्यालय विराटनगरले आउँदो कात्तिकदेखि हस्तलिखित जग्गाधनिपुर्जा अन्त्य गर्ने भएको छ। कात्तिकदेखि भूसेवा केन्द्र सञ्चालनमा ल्याउने र हस्तलिखित जग्गाधनिपुर्जा अन्त्य गर्ने तयारी गरिएको मालपोत कार्यालय विराटनगरले जनाएको छ।

कार्यालय प्रमुख लोकबहादुर भण्डारीका अनुसार भूसेवा केन्द्र सञ्चालनमा आएपछि मालपोतको लेखापढी सेन्टर भूसेवा केन्द्रमा रूपान्तरण हुने र जग्गासम्बन्धी सबै काम अनलाइन प्रविधिबाटै हुनेछन्। मालपोतमा अनलाइन प्रणाली सुरु गर्नका लागि सबै फाइल कम्प्युटराइज गर्ने काम भइरहेको छ। 

फाइलहरू कम्प्युटरराइज गरिसकेपछि भूसेवा केन्द्र सञ्चालनमा ल्याई हस्तलिखित जग्गाधनिपुर्जा विस्थावित गरिनेछ। भण्डारीले विराटनगरको मालपोत कार्यालय अत्यन्तै अस्तव्यस्त भएकाले यसलाई सुधार गर्ने काम पनि धमाधम भइरहेको बताए। मालपोत कार्यालय परिसरमा हरियाली पार्क निर्माण गर्ने, मालपोतका शौचालय व्यवस्थित पार्नेलगायत भौतिक पूर्वाधार सुधारका काम थालिएको छ।

प्रकाशित: २ आश्विन २०७८ ०३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App