२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

जिपको नयाँ कम्पास २१ गते सार्वजनिक हुँदै

नेपालका लागि जिप ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू लाइफले असार २१ गते नयाँ कम्पासलाई नेपालमा सार्वजनिक गर्ने भएको छ। यसअघि नै प्री–बुकिङको घोषणा गरिसकेको एमएडब्लू लाइफले सोही दिनदेखि नयाँ कम्पासको डेलिभरी पनि सुरु गर्ने बताएको छ। 

स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध हुने नयाँ कम्पासको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँको बीचमा राखिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।  कम्पास अघिल्लो मोडेल झैं दुईवटा पावर ट्रेनमा उपलब्ध हुनेछ। १.४ लिटरको मल्टिएअर टर्बो इन्जिनले अधिकतम १६० एचपी पावर र २५० एनएम टर्क उत्पन्न गर्नेछ। 

यो ६ स्पिड म्यानुअल ट्रान्समिसन र ७ स्पिड डीसीटी अटोमेटिक अप्सनमा उपलब्ध हुनेछ। त्यसैगरी, २.० लिटर मल्टिजेट टू इन्जिनले १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ। यो भने ६ स्पिड म्यानुअल ट्रान्समिसन र ९ स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ।  

यसमा पहिले झैं सेभेन स्लट ग्रिल र ट्रापेजोइडल ह्विल आर्क, रिफ्लेक्टर र एलइडी प्रोजेक्टर सहितको हेडल्याम्प रहने कम्पनीले जनाएको छ।

प्रकाशित: २० असार २०७८ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App