७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

आर्थिक अनियमितता रोक्न प्रभावकारी अनुगमनमा जोड

यहाँको एक कार्यालयले आफू मातहत संचालित योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न अनुगमनलाई जोड दिएको छ । संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन भई संचालित विकासे योजनाहरुमा हुने आर्थिक अनियमितता रोक्न प्रभावकारी अनुगमनलाई जोड दिइएको हो । यहाँका विभिन्न स्थानीय तहहरुमा संचालित खानेपानी, सिँचाइ र तटबन्धन निर्माण लगायतका योजनाहरुमा हुने गरेको आर्थिक अनियमितता रोक्न र गुणस्तरीय विकासको लागि खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालय डोल्पाले योजनाहरुको स्थलगत अनुगमन निरीक्षणलाई जोड दिएको बताएको छ ।

विगतका वर्षहरुमा खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयबाट संचालित योजनाहरुमा आर्थिक अनियमितता हुने गरेको कामै नगरि राजनीतिक दवावमा बील भुक्तानी तथा योजनाहरु कम गुणस्तरीतय हुने गरेको सर्वत्र गुनासो आउन थालेपछि यो वर्ष योजनाहरुको स्थलगत अनुगमन र निरीक्षणलाई जोड दिइएको कार्यालय प्रमुख तथा ईन्जिनियर नविन थापाले बताए । यत्तिखेर योजनाहरुको स्थलगत अनुगमनका लागि कार्यालयका प्रमुख इन्जिनियर नविन थापा र सहायक इन्जिनियर हिक्मतबहादुर शाहीसहितको टोली योजना संचालित गाउँबस्तीहरुमा पुगेको छ । स्थलगत अनुगमन र निरीक्षण विना कार्यालयमै बसेर विगतका वर्षहरुमा योजनाहरुको बील भुक्तानी हुने गर्दथ्यो ।

तर यत्तिखेर इन्जिनियरसहितको अनुगमन टोली गाउँबस्तीमै पुगेर काम भए नभएको गुणस्तरीयता छ,छैन र प्राविधिकको मापदण्डमा रहेर निर्माण कार्य भए नभएको समेतको आधारमा  योजना भुक्तानी गरिने बताएपछि सर्वसाधारणमा आर्थिक अनियमितता नहुने कुरामा विश्वास जागेको त्रिपुरासुन्दरी नगरपालिका ७ पहाडाका कृष्णबहादुर शाहीलाले बताए । अनुगमनको क्रममा पहाडामा पुग्दा ओग्रेनी साना सिँचाइ योजनामा पाईपहरु प्राविधिक मापदण्डअनुरुप नगाडिएको पाइएपछि अनुगमन टोलीले पाइप पुरै उम्काएर फालेको थियो । यसैगरि सांसद विकास कोषबाटे पहाडा ७ मै संचालित सिँचाइ योजनामा गुणस्तरीय नभएको पाइएपछि इनट्याङ्क भत्काएर पुनर्निर्माण गर्न निर्देश दिइएको थियो ।  

यसैगरि बहुचर्चित हिमचुली सिँचाइ योजनाको मर्मत तथा निर्माण कार्य सुरुसम्म नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । त्रिपुरासुन्दरी नगरपालिका ५ करबगाडमा संचालित तटबन्धन र खानेपानी त्रिपुरासुन्दरी १० लिकुमा संचालित सिँचाइ योजना ठुलिभेरी ७ मा संचालित सिँचाइ तथा रुपगाड तटबन्धन निर्माण योजनाको समेत अनुगमन गरेको छ । समुद्र सतहदेखि ३ हजार ५ सयको उचाईबाट ल्याइएको रिसिनीदेखि रुम गाउँको खर्करुमान हुँदै तलीखोर फूलराछुटिने आरेगोठ र फुलवारी खानेपानी योजनाको मुहानमै पुगेर अनुगमन गरिएको छ । विकट स्थानबाट ल्याइएको खानेपानी योजना निर्माण कार्य जिल्लामै उत्कृष्ट भएको पाइएको सहायक इन्जिनियर हिक्मतबहादुर शाहीले बताए ।

रिसिनी खानेपानी योजना निर्माण कार्य सम्पन्न भएपछि रुम गाउँ र रसि गाउँका झण्डै दुई हजार जनसंख्या लाभान्वित बनेका छन् । प्रदेश सरकारको २० लाखमा निर्माण कार्य सम्पन्न भएपछि आफूहरुलाई दुई घण्टाको पैदल दूरीबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता हटेको स्थानीय नन्दा बुढाले बताईन् । योजनाको प्रभावकारीता गुणस्तर र के कसरी दिर्घकालिन रुपमा संचालन गर्न सकिन्छ भनेर अनुगमनलाई जोड दिइएको खानेपानी तथा सिँचाइ कार्यालय प्रमुख इन्जिनियर नविन थापाले बताए । कार्यालयमा थारै जनशक्ति भएपनि आलोपालो गरेर जिल्लाका ८ ओटै स्थानीय तहमा संचालित योजनाहरुको अनसगमनलाई जोड दिँदै अनुगमनको आधारमा बील भूक्तानी गरिने बताए ।

जिल्लास्तरबाट मात्र नभई जनमानसमा कामै नगरि विकास बजेट खान नमिल्ने सन्देश दिन र अनुगमनलाई थप प्रभावकारी बनाउन प्रदेश मन्त्रालयबाट समेत सचिव स्तरीय अनुगमन समेत गराइएको छ । भौगोलिक विकटता र अपनत्वको अभावमा योजना कार्यान्वयका चुनौती र समस्या समाधान उपाय के कसरी समुदायस्तरबाटै सुल्झाउन सकिन्छ भनेर कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालय र प्रदेश योजना अनुगमन शाखाबाट मुख्य सचिव चन्द्रमान श्रेष्ठ, जमुना श्रेष्ठ तण्डुकार, नन्दबहादुर विसी र देवी विसीको टोलीले समेत त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिका अन्तर्गत संचालित प्रदेश तथा संघीय योजनाहरुको स्थलगत अनुगमन गरि फर्केको छ ।

मुख्य सचिव चन्द्रमान श्रेष्ठले भौगोलिक विकटता सिधा यातायातको अभावमा सोचे अनुरुपको र निर्धारित वजेटमा योजना सम्पन्न गर्न समस्या रहेको बताए । सरकारबाट विगतको जस्तो कामै नगरि राजनीतिक दलको प्रभाव र दवावमा योजनाको भुक्तानी पाउने आसा कुनै पनि उपभोक्ताले नगर्न समेत प्रमुख इन्जिनियर थापाले सुझाए । खानेपानी सिँचाइ तथा उर्जा विकास कार्यालयले स्थानीयस्तरमै पुगेर योजनाको अनुगमनलाई जोड दिएपछि विकासमा गुणस्तरीयता र पारर्दशितामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: १८ वैशाख २०७८ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App