२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुस्तकमा लाग्दै आएको कर हटाइयो, मन्त्रीको आधा तलब कोराेना कोषमा

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर/नागरिक

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले पुस्तकमा लाग्दै आएको कर हटाएको हो । सरकारले पुस्तकमा भन्सार बढाएको भन्दै गत वर्षको बजेटलगत्तै पुस्तक बिक्रेता दबाबमूलक आन्दोलनका कार्यक्रममा उत्रिएका थिए । नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघले सरकारको कदमले पुस्तकप्रेमी तथा व्यवसायी मारमा परेको बताएपछि सामबारकै मन्त्रिपरिषद बैठकले कर हटाएको छ ।

त्यस्तै सरकारका मन्त्रीहरूको आधा तलब आगामी चैतसम्म कोरोना कोषमा जम्मा हुने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सबै मन्त्रीको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्र्रमणबाट मुलुक मुक्त नहुँदासम्म तलब नलिने घोषणा गर्दै सबै तलब कोरोना कोषमा जम्मा गरेका छन् । नयाँ वर्षका अवसरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारी समाप्त नभएसम्म आफ्नो पारिश्रमिक ‘कोभिड–१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका हुन् ।  

मन्त्रिपरिषद्को बैठकपछि एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रीहरूको आधा तलब चैतसम्म कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको छ । 

प्रकाशित: २५ कार्तिक २०७७ ०२:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App