४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली बजारमा जावा मोटरसाइकल

नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले जावा मोटरसाइकल ल्याएको छ । कम्पनीले नेपालमा महिन्द्रा टू ह्विलर्स एन्ड जेनेरेटर्सको आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिसँगको सहकार्यमा बिक्री कक्ष उद्घाटन गरेको जनाएको छ ।  

जावा सिंगल च्यानल एबिएस मोडलको मूल्य ६ लाख ४८ हजार पाँच सय रूपैयाँ र यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबिएसको मूल्य ६ लाख ७६ हजार पाँच सय रूपैयाँ तोकिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जावा–फोर्टी टू सिंगल च्यानल एबिएस र जावा–फोर्टी ठू डुअल च्यानल एबिसिएसको मूल्य ६ लाख २० हजार र ६ लाख ४८ हजार रूपैयाँ रहेको जनाइएको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे तथा जावा फोर्टी टू ल्युमस लाइम, ह्पालिज टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लू, कमेड रेड, नेबुला ब्लू रंगका भेरिएन्टमा उपलब्ध हुने बताइएको छ । 

प्रकाशित: २९ आश्विन २०७७ ०४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App