२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आर्थिक स्वतन्त्रताको स्थानमा सुधार

विश्व आर्थिक स्वतन्त्रता सूचकमा नेपालको स्थानमा एक अंकको सुधार आएको छ ।

क्यानडास्थित फ्रेसर इन्स्टिच्युटसँगको सहकार्यमा नेपालको समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता रिपोर्ट २०२० मा नेपालको स्थानमा एक अंकको सुधार आएको हो ।  विश्वभरका एक सय ६२ देशमा नेपाल यो वर्ष १०९औं स्थानमा रहेको छ । अघिल्लो वर्ष एक ११०औं स्थानमा थियो । यो सन् २०१८ को तथ्यांकमा आधारित रहेर सूचक तयार पारिएको हो ।

प्रतिवेदन अनुसार सरकारी आकार सूचकमा नेपाल अघिल्लो वर्षको तुलनामा न्यून अंक पाएर ६३ औं स्थानमा छ । कानूनी व्यवस्था तथा सम्पतिको अधिकार सूचकमा १०४ स्थानमा र साउन्ड मनीको पहुँच सूचकमा १३७औं स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय व्यापारको स्वतन्त्रतामा १११औं स्थानमा र ऋण, श्रम र  

व्यापारको नियमन सूचकमा ७१औं स्थानमा रहेको छ ।

यो सूचकमा पहिलो नम्बरमा हङकङ छ भने दोस्रोमा सिंगापुर रहेको छ । यस्तै न्युजिल्यान्ड, स्विजरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, मौरिसस, जर्जिया, क्यानडा र आयरल्यान्ड क्रमशः १० नम्बरसम्ममा परेका छन् ।

प्रकाशित: २६ भाद्र २०७७ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App