४ मंसिर २०८१ मंगलबार
image/svg+xml
अर्थ

अनुसन्धानमूलक कृषिमा जोड

भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले अनुसन्धानमूलक कृषिमा जोड दिएका छन् । भक्तपुर नगरपालिका वडा नं १० तुलाछेंका इन्जिनियर कृष्णभक्त दुवालले चाँंगुनारायण नगरपालिका वडा नं २ न्हतीको खेतमा गरेको अनुसन्धानमूलक गोलभेडा खेतीको निरीक्षण गर्दै उनले अनुसन्धानले नयाँं तथ्य थाहा पाउने र यसले समाजलाई अगाडि बढाउन सजिलो हुने भएकाले अनुसन्धानमा जोड दिए ।  

नेपाल कृषिप्रधान देश भएको चर्चा गर्दै उनले कृषि अनुसन्धानलाई अझ बढ्ता जोड दिनुपर्ने तर्क राखे । उनले उत्साही युवा इन्जिनियर दुवालको अनुसन्धानमूलक गोलभेडा खेतीको कार्यले नेपालको कृषि क्षेत्रका दुईवटा मुख्य समस्या समाधान हुने विश्वास लिए । कृषिमा जहिले हुने रासायनिक मलको अभाव र विषादीयुक्त तरकारी खानुपर्ने बाध्यताको दुईवटा समस्या समाधान हुने विश्वास उनको हो ।

प्रकाशित: १८ भाद्र २०७७ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App