२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लामो सयम बैँक बन्द हुँदा ग्राहकहरु मर्कामा

बैँक म्यानेजर कोरोना संक्रमित भएपछि १० दिनअघिदेखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैँक तौलिहवा शाखा अझैसम्म नखुल्दा ग्राहकहरु मर्कामा परेका छन् । गत जेठ २५ गते बैक म्यानेजरमा कोरोना पुष्टी भएको थियो । सोही कारणले बाणिज्य बैँकको प्रदेश कार्यालय नेपालगंजले सूचना जारी गरी बैँक अनिश्तिकालका लागि बन्द गरेको थियो । चालु आर्थिक वर्षको अन्तिम महिनामा यसरी १० दिन बढीदेखि बैक बन्द गरिदा सरकारी, गैर सरकारी, ब्यापारी, सर्वसाधारण मर्कामा परेका छन् । सदरमुकाम तौलिहवामा रहेको सरकारी कार्यालयहरुको खाता यही बैकमा छन् ।  

यस्तै, उपभोक्ता समिति, बिभिन्न संघ संस्थाको खाता समेत यही बैँकमा छ । असार महिना धान रोप्ने सिजन हो । कृषकलाई यो सयममा बिउ, मल, सिँचाइ, जोताई, मजदुरका लागि रकम चाहिने गर्छ । जिल्लाको सबै भन्दा बढी ग्राहक रहेको सदरमुकाम तौलिहवामा रहेको बाणिज्य बैँक लामो सयमदेखि बन्द गरिदा कृषकहरु झन मर्कामा परको किसान संघका जिल्ला अध्यक्ष चुर्तुभुजमणि त्रिपाठीले बताए । ‘म्यानेजरलाई कोरोना लागेकै कारण असारको बेला यसरी १० दिन बढीदेखि बैक बन्द गर्नु राम्रो कुरा होईन ’ उनले भने । उनले सरोकारवाला निकायले चाडै बैँक खोल्ने प्र्रबन्ध मिलाउनु पर्ने माग गरे । बैकमा रकम झिक्न आउने ग्राहकहरु दिनहुँ निराश बनेर फर्कने गरेका छन् ।  

उद्योग बाणिज्य सघ तौलिहावाका अध्यक्षा गयादीन कुर्मीले असारको महिनामा यसरी लामो सयम बैँक बन्द गर्दा धेरै ग्राकहरु समस्यामा परेकोले बैँक चाडो खोल्नु पर्ने माग गरे । सेल्फ आइसोलेसनमा बैँकको भवनमा बसेका संक्रमित म्यानेजरले बैँकको प्रदेश कार्यालयको निर्णय अनुसार बँैक बन्द भएको बताए । अझै आफ्नो र कर्मचारीहरुको स्वाब संकलन समेत नभएकाले बैँक कति दिन बन्द हुने हो आफूलाई थाहा नभएको बताए । लकडाउन कारण बैँक लामो सयमदेखि बन्द थियो । प्रशसनको निर्णय अनुसार गत जेठ १८ देखि बैँक संचालनमा आएको थियो । त्यसको एक हप्तापछि फेरी बैँक बन्द भएको हो ।

प्रकाशित: ४ असार २०७७ १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App