काठमाडौं, – डिसहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीका लागि डिसहोम घरमै क्लास कार्यक्रम सुरु गरेको छ । डिसहोमले डियरवाक लर्निङ सेन्टरको सहकार्यमा वैशाख २० गतेबाट कक्षा ४ देखि कक्षा १० सम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु आफ्नो च्यानलमा प्रसारण गर्दै आएको जनाएको छ । डिसहोमले विहान ८ देखि बेलुकी ८ बजेसम्म विभिन्न समयमा कक्षा प्रसारण गर्दै आएको विज्ञप्तिमार्फत जनाएको छ ।
यसका साथै विगत ६ महिनाभन्दा बयी समयदेखि डिसहोम रिचार्ज नगरेका पुराना ग्राहकका लागि वैशाख २१ देखि लागू हुने गरी ३० दिनसम्मका लागि सम्पूर्ण २०८ च्यानल निःशुल्क उपलब्ध गराएको जनाएको छ ।
प्रकाशित: २८ वैशाख २०७७ ०३:२२ आइतबार