५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चैतबाट फेरि इम्बोस्ड नम्बर प्लेट जडान

काठमाडौं – सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारणरोकिएको सवारी साधनमा इबोस्ड प्लेट नम्बर जडान कार्य फेरि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले चैतदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटराख्न थाल्ने तयारी गरेको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले आगामी चैतभित्रै प्रादेशिक संरचना अनुसार इम्बोस्ड नम्बर राख्ने कामसुरु हुने बताए।‘सवारीसाधनमा इम्बोस्ड प्लेट राख्ने कार्य सके फागुन नसके चैत महिनाभित्रै सुरु गर्ने तयारीका साथ काम अघि बढाएका छौं,’ उनले भने, ‘सर्वाेच्च अदालतको अन्तरिम आदेशले रोकिएको काम सर्वाेच्चर्कै गत मंसिर २७को कदमले सुरु हुँदैछ।’ सर्वोच्चले मंसिर २७ मा उक्त रिट खारेज गरेसँगै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खुलेको उनले जानकारी दिए।

विभागले २०७४ भदौ ५ देखि सवारीसाधनमा इम्बोस्डनम्बर प्लेट राख्न सुरु गरेको थियो।त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले २०७४ फागुन १० गते उक्त कार्य रोक्न अन्तरिम आदेश दियो। विभागले संविधानको भावनाविपरीत सवारीसाधनमा अञ्चलकै आधारमा नम्बर प्लेट राखेको भन्दै विरोध पनि भएको थियो।

सबिकको प्रदेश ३को नामकरण भएसँगै इम्बोस्ड नम्बर प्लेटसुरु गर्न लागिएको हो। इम्बोस्ड नम्बर प्लेट जडानको लागि विभाग र डेकाटुर टाइगर आइटीसँग सन् २०१६ मे ३० मा ‘बुट मोडेल’मा काम गर्ने सम्झौता भएको थियो।

इम्बोस्ड नम्बर प्लेट राख्न दुईपांग्रेले २५ सय, तीनपांग्रेले २९ सय, चारपांग्रे साना गाडीले ३२ सय र अन्य ठूला गाडीले ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्ने।

उक्त सम्झौता अनुसार पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड जडान गर्नुपर्छ। उक्त सम्झौताको अवधि अब एक वर्ष तीन महिनाबाँकी छ। सम्झौता अनुसार तोकिएको समयभित्रै इम्बोस्ड प्लेट नम्बर जडान लगभग असम्भवजस्तै छ।  विभागका महानिर्देशक हमाल सम्झौतामातोकिएको समयभित्रै प्लेट जडान गर्ने दाबी गर्छन्।‘त्यो सम्भव नभएको खण्डमा म्याद थप गर्नेछौं,’ उनले भने। म्याद थप गरेपनि जरिवाना नलाग्ने र पहिलेकै दरमा नम्बर प्लेट जडान हुने महानिर्देशक हमालले बताए।

सम्झौता अनुसार नेपाल सरकारले पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेबापत ठेकेदार कम्पनीलाई चार अर्ब ४९ करोड चार लाख आठ हजार भुक्तानी गर्नुपर्ने हुन्छ।

विभागले हाल चल्तीमा रहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारको इम्बोस्ड प्लेटमा ल्याउन लागेको हो। राष्ट्रपति, सरकारी, कूटनीतिक नियोग, निजी र भाडाका गरी पाँच प्रकारका इम्बोस्ड प्लेट नम्बर हुने व्यवस्था मिलाइएको छ। विभागले दुईपांग्रे मोटरसाइकल र स्कुटरका लागि २५ सय, तीनपांग्रे टेम्पोका लागि २९ सय, चारपांग्रे साना गाडीका लागि ३२ सय र अन्य ठूला गाडीका लागि ३६ सय रुपैयाँ नम्बर प्लेट जडान शुल्क तोकेको छ। विभागका अनुसार सवारीसाधन अनुगमन र निरीक्षणका लागि उपत्यकामा थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा उपत्यकाबाहिर मुख्य पाँच स्थानमा गरी १० स्थानमा ‘आरएफआइडी’ स्टेसन बनाउने योजना छ।

स्टेसनले सवारीसाधनमा प्रयोग हुने ‘आरएफआइडी’ रेडियो फ्रिक्वेन्सीमार्फत  सवारीको अनुगमन र निरीक्षण गर्न गर्छ। यसबाट गाडी कुन स्थानमा छ, च्यासिस नम्बर, कर तिरेको छ कि छैन भन्ने जस्ता विवरण थाहा हुने विभागले जनायो। इम्बोस्ड प्लेट नम्बर एकपटक जडान गरेपछि निकाल्न नमिल्ने विभागले जनाएको छ। कुनै सवारी दुर्घटनामा परेर नम्बर टुटफुट भएमात्रै नयाँ नम्बर प्लेट जडान गर्न पाइन्छ।

प्रकाशित: १२ फाल्गुन २०७६ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App