२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल बैंकको साधारण सभा

काठमाडौं – नेपाल बैंकको ६०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको बैंकले जनाएको छ ।

सभाले बैंकको आर्थिक वर्ष ०७५/७६ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०७६ असार मसान्तको वासलात पारित गरेको विज्ञप्तिमा उल्लेख छ।  साथै, सोही मितिमा समाप्त आर्थिक वर्ष०७५/७६ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीमा छलफल भई पारित भएको उल्लेख छ।

सभाले चुक्ता पुँजीको १० प्रतिशतका दरले नगद लाभांश (लाभांश कर समेत) र १५ प्रतिशत बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको जनाइएको छ।

प्रकाशित: २७ पुस २०७६ ०४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App