८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘राजस्वको नीतिगत सुधारमा सरकार प्रतिबद्ध’

काठमाडौं – अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाले सरकारले धेरै राजस्व असुल्न भन्दा पनि असुलीलाई व्यवस्थित गर्न जोड दिएको बताएका छन् ।

आठौं राष्ट्रिय कर दिवसको सन्दर्भ पारेर नेपालउद्योग परिसंघले काठमाडौंमाआयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ढुंगानाले सरकार राजस् वसम्बन्धी नीतिगत सुधारमा प्रतिबद्ध रहेको पनिबताए।

उनले सरकारले कर प्रणालीमा सबैलाई सहजहुने गरी धेरै सुधार गरेपनि व्यवसायी तथा आमनागरिकलाई त्यसबारे बुझाउन नसक्दा गलत सन्देश गएको उल्लेख गरे । ‘भन्सार र करको क्षेत्रका धेरै सुधार भएका छन् । यहाँआफू अपडेट नहुने अनियसलाई राज्यको इमेजसँग जोडेर मात्रअफवाह फैलाउने कामभएको छ,’सचिव ढुंगानाले भने, ‘म सबैलाई आग्रह गर्छु कम्तीमा आफ्नो व्यावसायसँग सम्बन्धित प्रणाली र विधि–विधानमा परिमार्जन भएको कुरामा अपडेट हुने गरौं ।’

उनले सरकारले कर प्रणालीलाई व्यवस्थितगर्दै डिजिटल प्रणालीमा विकास गरिरहेकोले अबपारदर्शिता र नागरिकलाईथप सुविधा हुने बताए । उनले भने, ‘हामीले सन् २०२० को जनवरी १ बाटै सबै प्रकारका सरकारी भुक्तानी डिजिटल माध्यमबाट गर्न आवश्यककानुन, विधि, संरचना र प्रणाली विकास गरिसकेका छौं ।’

कार्यक्रममा अर्थविद् विश्वपौडेलले सरकारको राजस्व नीति तथाअभ्यासबारे समीक्षा गर्दै सुझाव पेस गरेकाथिए । परिसंघका अध्यक्ष सतिषकुमार मोर लगायतले कर प्रणालीले पारेका व्यवहारिक कठिनाइ बारे प्रकाश पार्दै परिमार्जनको लागि पहलगर्न आग्रह गरे। अन्तरक्रियामा उठेका सवालको जवाफ दिँदै सचिव ढुंगानाले सरकारको ध्येय मुलुकलाई आत्मनिर्भर तर्फ उन्मुख गराउने रहेकोले नयाँ प्रकृतिको व्यवसाय सञ्चालनगर्ने, रोजगारीको सिर्जनागर्ने, उद्योग व्यवसायलाई प्रोत्साहन दिने र चालु उद्योगको दिगोपनका लागिआवश्यकनीति परिमार्जन तथा छलफलको लागितयार रहेको बताए ।
 

प्रकाशित: ६ मंसिर २०७६ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App