८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

राजस्व छल्ने विरुद्ध नौ करोडको मुद्दा

काठमाडौं – झुट्टा र नक्कली विलविजक प्रयोग गरी राजस्व छल्ने पाँच जना विरुद्ध राजस्व अनुसन्धान विभागले करिव साढे नौ करोड रुपैयाँ विगो दावी गर्दै मुद्दा दायर गरेको छ।

विभागले पाँच जना विरुद्ध नौ करोड ३९ लाख ३३ हजार एक सय १० रुपैयाँ विगो, यसको दोब्बर जरिवाना र तीन वर्ष कैद सजाय माग गर्दै बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

काभ्रेपलाञ्चोक–११ स्थायी घर भएका एसपी इन्टरप्राइजेज तथा हिमाल कन्ट्रक्सनका सञ्चालक शिव प्रसाद गौतम, वाटरमार्क इन्टरप्राइजेजका शिवराम न्यौपाने,  हिमालय इन्टरप्राइजेजका लक्ष्मण चौलागाईँ, युनिभर्सल इन्टरप्राइजेजका सुदर्शन चौलागाइँ र आर्जन हार्डवेयर सप्लायर्स प्रालिका सञ्चालक देवबहादुर खत्री विरुद्ध मुद्दा दायर गरेको छ। पाँचै जनाले नक्कली कर विजक  खरिद गरी राजस्व मूल्य अभिवृद्धि कर र आय कर छलेर राजस्व चुहावट गरेको कसुरमा मुद्दा चलाएको हो।

 

प्रकाशित: २९ कार्तिक २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App