काठमाडाैँ - नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भीमप्रसाद गौतम चुनिएका छन्। शनिबार सम्पन्न सेजनको २०औं वार्षिक साधारणसभाले गौतमको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा सरस्वती ढकाल चुनिएकी छिन्।
उपाध्यक्षमा ढकाल र विष्णु वेल्बासेको मत बराबरी भएपछि गोलाप्रथाबाट ढकाल चुनिएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी, महासचिवमा सुजन ओली र सचिवमा कृष्ण रिजाल चयन भएका छन्। कोषाध्यक्षमा हिमाल पौडेल निर्विरोध निर्वाचित भए।
सदस्यमा सुजन ढुंगाना, विनय बन्जारा, कमला अर्याल, हिमा बिक र मुना कुँवर चुनिएका छन्।
प्रकाशित: १५ भाद्र २०७६ ०२:५९ आइतबार