२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिनी उद्योग चलाउने सहमति

रौतहट - उखु उत्पादक संघ र चिनि उत्पादक संघ बीच भएको बार्ता निष्कर्षमा पुगेपछि देश भरका चिनि उद्योग सञ्चालनमा आउने भएको छ। 

चालु आर्थिक बर्षको लागि नेपाल सरकारले उखुको मुल्य प्रति क्वीन्टल पाच सय ३६ रुपैया ५६ पैसा निर्धारण गरेको थियो। सरकारले उखुको मुल्य तय गरेपनि उद्योगीले चिनिको बजार मुल्य उखुको मुल्यको अनुपातमा कम भएको र उद्योगीले निकै घाटा वेहोर्नुपर्ने भन्दै उद्योग सञ्चानमा नल्याने अडान राखेका उद्योगी र किसान प्रतिनिघि बीच बुधवार भएको दुइपक्षिय बार्ता मिलेपछि उद्योग चलाउन सहमत भएको हो। 

महोतरीको बर्दीवास स्थित गौतम होटेलमा किसान प्रतिनिधि र चिनि उत्पादक संघका पदाधिकारीहरु बीच भएको बैठकमा सरकारले तय गरेको मुल्यमा उखु खरिद गर्ने, किसानको भुक्तानी ३० देखी ४५ दिनमा तालिका निकालेर उपलब्ध गराउने, किसानलाई सहुलियत दरमा रिण उपलब्ध गराउने र सुगर उद्योगले उत्पादन गरेको चिनी किसान प्रतिनिधिको दवावमा सरकारले समय मै उचित मुल्यमा बिक्री बितरण गराउने र उद्योगीलाई पनि सहुलियत व्याजमा रिण उपलब्ध गराउने सहमति भएपछि उद्योगीहरु मिल चलाउन सहमती भएको बैठकमा सहभागी रौतहट उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताएका छन्।

चिनि उत्पदक संघका अध्यक्ष शशिकान्त अग्रवाल र उखु उत्पादक महासंघका अध्यक्ष कपिल मुनि मैनालीको राहबमा भएको बैठकमा चिनि उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवाल, सचिव राजेह कुमार केडिया,कोषध्यक्ष जगदीश अग्रवाल, उदागीहरु हितेश गोल्छ, शुभम केडिया लगायतका उद्यागी र तराइ मधेसका जिल्लाका उखु उत्पादक किसान संघका प्रतिनिधिहरु सहभागी भएको थिए।

प्रकाशित: २६ पुस २०७५ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App