२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सानिमा इन्स्योरेन्स–एनआइसी एसिया बैंकास्योरेन्स

काठमाडौं – एनआइसी एसिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। अब एनआइसी एसियाका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बिमालेख खरिद गर्न सक्नेछन्।

सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डे र इन्स्योरेन्सका नायब प्रबन्ध निर्देशक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

एनआइसी एसियाले दुई सय ६६ शाखा, दुई सय ७६ एटिएम, ३७ एक्सटेन्सन काउन्टर र १८ शाखारहित बैंकिङ एकाइमार्फत देशभर सेवा दिइरहेको जनाएको छ।

बैंकको वासलातको आकार दुई खर्ब ११ अर्बभन्दा बढी, कुल निक्षेप एक खर्ब ६९ अर्ब र कुल कर्जा एक खर्ब ४४ अर्ब नाघेको बैंकको विज्ञप्तिमा उल्लेख छ। एनआइसी एसियाको ग्राहक संख्या करिब १३ लाख ५० हजारभन्दा बढी पुगेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App