२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक १५ वर्षमा

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १४ वर्ष पूरा गरेको छ।

सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम गरेको जनाएको छ । बैंकको विभिन्न शाखामा गरेको रक्तदानबाट तीन सय २६ प्वाइन्ट रगत संकलन भएको बताइएको छ।

सांग्रिलाले ६८ शाखाबाट सातवटै प्रदेशमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । यसबाहेक १८ वटा एटिएम र पाँच शाखाबाट लकर सुविधा लगायत ६ वटा शाखा एकाइबाट लघुुवित्त सेवा प्रवाह भइरहेको बैंकले जनाएको छ।

 

 

प्रकाशित: १४ कार्तिक २०७५ ०४:२५ बुधबार

सांग्रिला_बैंक १४_वर्ष