२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सिजीको नयाँ उपहार योजना

काठमाडौं – इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले यस वर्षको दसैं, तिहार तथा छठलाई लक्ष्य गर्दै ‘यसपालिको चाडमा, सिजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ।

योजना अन्तर्गत ग्राहकले सिजी ब्रान्डका इलेक्ट्रोनिक्स सामानको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्म क्यासब्याक र अन्य विभिन्न पक्का उपहार पाउने कम्पनीले जनाएको छ। हरेक हप्ता सिजी कै रेफ्रिजरेटर तथा सिजी कै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्यान्ड घुम्ने अवसर छ।

यस्तै, सिजी ब्रान्डका टेलिभिजनको खरिदमा तीन वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको बचत, तथा सिजी ५.१ स्पिकर लगायत सिजी २.१ स्पिकर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

सिजी ब्रान्डका रेफ्रिजरेटर खरिदमा ६० महिनाको वारेन्टी, २१ प्रतिशतसम्म बचत लगायत इन्टेक्स फिटरिस्ट वाच प्राप्त गर्न सकिने बताइएको छ । वासिङ मेसिन खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स फिटरिस्ट वाच लगायत पाँच किलो एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना बुधबारदेखि सीमित अवधिका लागि देशभर लागू हुने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० आश्विन २०७५ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App