२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

गुराँस लाइफ इन्स्योरेन्सको बिमा भुक्तानी

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्सले बिमा रकम भुक्तानी गरेको छ।

म्यादी जीवन बिमा गरेका पर्साका बलबहादुर श्रेष्ठको दुबईमा मृत्यु भएपछि उनका बुबा डम्बरबहादुर श्रेष्ठलाई  १४ लाख रुपैयाँ बिमा रकम भुक्तानी गरेको कम्पनीले जनाएको छ। यस्तै काभ्रेका दिलमान मोक्तानको मलेसियामा मृत्यु भएपछि उनकी श्रीमती रेलिमाया तामाङलाई पाँच लाख दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ। यस्तै कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले नुवाकोटका शमशेरबहादुर तामाङलाई बिमा रकम भुक्तानी गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ भाद्र २०७५ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App