६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

३१ प्रतिशतले घट्यो शेयर कारोबार, परिसूचकमा भने ६अंकको बृद्धि

काठमाडौ– साताभरको शेयर कारोबारमा ३१.८१ प्रतिशतले गिरावट आएको छ भने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक पहिलो दिनको तुलनमा ५.९७ अंकले बढेर ११ सय ८१.६९ अंकमा पुगेको छ। 

साताभर १८० कम्पनीका २५ लाख ४२ हजार ७१० कित्ता सेयरहरु ८० करोड ३० लाख ७ हजार रुपैयाँमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ। यो कारोबार रकम गत साताको भन्दा ३१.८१ प्रतिशत कम हो । गत साता १८५ कम्पनीका १ अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरको ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।

समूहगत परिसूचकतर्फ निर्जीवन बिमा समूह ४० अंकले बढेको छ भने बाणिज्य बैंक समूह ८.५२ अंकले बढेको छ। उता जीवन बिमा समूह ४३ अंकले घटेको छ भने जलविद्युत् समूहमा ५.६८ अंकको गिरावट आएको छ। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा आईपुगेको छ।

यस साता ७ करोड ३९ लाख ६० हजार रुपैयाँको शेयर किनबेच हुँदा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर अग्रस्थानमा रहन पुगेको छ । त्यसैगरी १ लाख ३२ हजार कित्ता शेयर कारोबारहुँदा सेयर संख्याको आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहन पुगेको छ ।

नियमित कारोबारका लागि ४ दिन खुला रहेको नेप्सेको कारोबारमा यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार नेप्सेले जनाएको छ। 

प्रकाशित: १६ भाद्र २०७५ ०६:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App