काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले बूढानीलकण्ठ–८, हात्तिगौंडामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य पदाधिकारी सहभागी रहेको जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ६ श्रावण २०७५ ०४:१६ आइतबार