काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडको सातौं वार्षिक साधारण सभाबाट अध्यक्षमा पुनःनिर्वाचित भोजबहादुर शाहले बिहीबार शपथ ग्रहण गरेका छन्।
नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जीवी नेपालसमक्ष अध्यक्ष शाहले शपथ ग्रहण गरेका हुन् ।गत शुक्रबार भएको साधारणसभाले आगामी चार वर्षका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको थियो ।छलफल तथा अनुमोदनका लागि पेस भएका सम्पूर्ण प्रस्ताव सभाले पारित गरेको थियो । सभाले चुक्ता पुँजीको १०.७५ प्रतिशत बोनस सेयर पनि पारित गरेको बैंकले जनाएको छ ।
प्रकाशित: ४ श्रावण २०७५ ००:५३ शुक्रबार