२३ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

क्लिन र ग्रिन ऊर्जामा नेपालले विश्वमा नेतृत्वदायी भूमिका खेल्नसक्छः अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले विश्वलाई क्लिन र ग्रिन ऊर्जामा नेपालले नेतृत्वदायी भूमिका खेल्ने बताएका छन्।

मंगलवार विश्वमा जलविद्युतमा प्रविधि र बजारका विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले  यस्तो जानकारी दिएका हुन। अध्यक्ष कार्कीले  क्लिन र ग्रिन ऊर्जामा नेपाल चाँडै विकसित हुने बाटोमा रहेको बताए।

उनले नेपालमा उत्पादित क्लिन र ग्रिन ऊर्जा भारत र बंलादेशमा निर्यातको बाटो खुला भएको र भारतमा निर्यात गरिरहेको बताए। उनले भारतसँग १० वर्षमा १० हजार मेगावाट र बंलादेशसँग ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता भएको उल्लेख गरे।

उनले नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको पनि बताए। उनले नेपाल दक्षिण एसियामा जलविद्युत उत्पादन र स्टोरेजको हब भएको बताए। उनले अहिले नै नेपालले एक वर्षामा विदेशमा १ हजार मेगावाट विद्युत् निर्यात र सुख्खा याममा नेपालले ७ सय मेगावाट विद्युत् खरिद गरिरहेको बताए। अध्यक्ष कार्कीले प्राकृतिक रुपमा नै धेरै जलविद्युत उत्पादन गर्न सक्ने अवस्था रहेको भन्दै ६ हजार मेगावाट भन्दा बढीका २ हजार जलविद्युत आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको बताए।

उनले अस्टेलिया विश्वको जलविद्युत उत्पादन र प्रविधिमा अगाडि रहेको भन्दै नेपालमा अस्टेलियाको प्रविधि आदानप्रदान गर्न आवश्यक रहेको बताए। उनले नेपाल जलविद्युत उत्पादनमा ठुलो सम्भावना बोकेको देश भएको बताए। उनले अस्ट्रेलियाको जलविद्युत बजार पनि धेरै विकसित र एडभान्स बजार रहेको भन्दै त्यहाँको बजार नीतिका बारेमा पनि नेपालमा जानकारी लिन जरुरी रहेको बताए। 

प्रकाशित: २२ आश्विन २०८१ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App