७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कनेक्ट आईपीएसमार्फत् टिकट काटे प्लेन तथा बसमा क्यासब्याकको अफर

चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “शुभलाभ अफर” सार्वजनिक भएको छ । जसअन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएसमार्फत् गर्दा आकर्षक क्यासब्याक तथा छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

 क्यासब्याक अफर बुद्ध एयरलाइन्स प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध छ ।  

कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले बुद्ध एयरको फ्लाइट खरिदमा १०१ रुपैयाँ, श्री एयरलाइन्सको टिकटमा ५०१, यति एयरलाइन्सको टिकटमा २५० रुपैयाँ छुटसंगै २५१ रुपैयाँ  क्यासब्याक पाउने छन् ।  

बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो एक हजार ग्राहकले ५१ रुपैयाँ क्यासब्याक पाउने कम्पनीको भनाइ छ । यो अफर असोज १६ गतेसम्म उपलब्ध हुनेछ । 

प्रकाशित: ७ आश्विन २०८१ १६:३६ सोमबार

#connectIPS