६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

शेयर बजार झिनो अंकले बृद्धि ,नेप्से २५८८.३५ अंकमा

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ५८ अङ्क अर्था ० . ४४ प्रतिशतले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५  अंकमा पुगेको छ । अघिल्लो कारोबार बुधबार नेप्से २५७६.७६अंक रहेको थियो । अघिल्लो साता विहिबार संविधान दिवस परेकोले कारोबार भएको थिए । त्यस अघि नेप्से लगातार ११ कारोबार दिन ९ कारोबार घटेर बन्द भएको थियो भने विचका १ कारोबारे बढेको थियो ।

आइतबार सेन्सेटिभ इण्डेक्स ०.७६ अंक र फ्लोट इण्डेक्स ०.५२ अंक , तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६  अंक बढेको छ ।

नेप्से बढेपनि कारोबार भने कमजोर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बुधबार  ५ अर्ब ६६ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार  ३२५ स्टकको ७२ हजार ९५७ पटकको कारोबारमा ५ अर्ब ९ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इष्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सयपत्री हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य सर्वाधिक ८.६५ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ भने एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य साढे ६ प्रतिशत घटेको छ।

प्रकाशित: ६ आश्विन २०८१ १५:२७ आइतबार