१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न अध्यक्ष लिङदेनको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमन गर्न सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष लिङ्देनले चाडबाड नजिकिँदै गर्दा सबै उपभोग्य वस्तुहरूको चर्को मूल्यवृद्धि भइरहेको बताएका हुन। उनले सरकारले जनजीविका र जनताको समस्याहरूमा ध्यान केन्द्रित गर्न नसकेको बताए  ।उनले मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले कडा रुपमा अनुगमन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘अहिले तपसिलका विषयहरूमा सरकार केन्द्रित भइराखेको छ। जनजीविकाका विषयहरूमा, जनताका दैनिक समस्याहरूमा सरकारको ध्यान केन्द्रित हुन सकेको छैन मात्रै होइन, चाडबाडको मुखमा आएपछि विगतमा बढ्ने मूल्यवृद्धि भन्दा पनि कयौँ गुणा मूल्यवृद्धि भएको छ । एउटा विषयमा, एउटा वस्तुमा मात्रै होइन । सरकारले यसमा कडा अनुगमन गरोस् । सरकारले उपभोक्ताको हितलाई ध्यान देओस् भन्ने म आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष लिङदेनले सरकारले उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । 

प्रकाशित: २४ भाद्र २०८१ १७:५० सोमबार

#Rajendra Lingden #Price increase