२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘राजस्व संकलनमा २० प्रतिशत वृद्धि’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको बताएका छन्।

काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महासंघको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

उनले गत आर्थिक वर्षको साउन महिनामा संकलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिए।

उनले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरूमा सकारात्मक संकेत देखापरेको दाबी गरे। 

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरूलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गरे । 

बजेटले लिएको राजस्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताए। उनले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका संकेतहरू देखिएको उल्लेख गरे।

उनले अर्थतन्त्रका सूचकहरूले क्रमशः अर्थतन्त्रका प्रतिकूल परिसूचकलाई अनकूल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको संकेत गरेको बताए। उनले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन, रोजगारीको कमी रहेको उल्लेख गरे। 

अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रूपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राखे। उनले पुँजीगत खर्चलाई गुणात्मक रूपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताए। 

अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार होसियार हुन आवश्यक देखिएको उल्लेख गरे।

प्रकाशित: ९ भाद्र २०८१ ०८:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App