५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

छ सय रुपैयाँले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा बुधबार सुनको मूल्य छ सय रुपैयाँले बढेको छ। 

मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो। 

यसअघि तीन दिनसम्म सुनको मूल्य स्थिर रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य चाहिँ तोलामा ५ बढेको छ।

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

प्रकाशित: ३० जेष्ठ २०८१ १०:५२ बुधबार

#gold