४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा

आइएमइ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ।

सभाले आव २०८०/०८१ को लागि लेखापरीक्षको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गरेको छ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी चार अर्बको २५ प्रतिशतले हुन आउने एक अर्ब बराबरको बोनस सेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने पाँच करोड २६ लाख ३१ हजार पाँच सय ७९ रूपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ।

सभामा सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको पदमा रबिनकुमार नेपाललाई निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App