२५ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल एसबिआई बैंक र फोनपेबीच सम्झौता

नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल-भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउने सम्बन्धमा सम्झौता भएको छ।

यसै क्रममा नेपाल भ्रमणमा आउने भारतीय ग्राहकले युपिआई आबद्ध फोनपे, बिएचआइएम युपिआई, गुगल पे जस्ता एपहरू प्रयोग गरी आफूले खरिद गरेका वस्तु तथा सेवाहरूको तत्काल भुक्तानी गर्न सक्नेछन्।

बैंकले ‘पर्सन टु मर्चेन्ट’ भुक्तानी च्यानल सञ्चालन गर्न फोनपेसँग सम्झौता गरेको हो। सम्झौताले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई समग्र बैंकिङ अनुभव बढाउने लक्ष्य राखेको छ।

प्रकाशित: २५ जेष्ठ २०८१ ०७:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App