५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

एसबिआई क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच सम्झौता

एसबिआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङबीच व्यावसायिक सम्झौता भएको छ। 

परियोजनामा लगानी र नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवा प्रवाह गर्ने लक्ष्यसहित सम्झौता भएको हो। 

सम्झौता अनुसार स्वदेशमा रहेका विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन, जलविद्युत् परियोजनालगायतका पूर्वाधार क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेका परियोजना लगानी एवं अन्य वित्तीय परामर्श क्षेत्रहरूमा विशेषज्ञ परामर्श सेवाको आवश्यकता महसुस गरिएको जनाएको छ।

प्रकाशित: ९ जेष्ठ २०८१ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App